हिज्बुल्लाहका शीर्ष नेता सफिदीनसँग शुक्रबारदेखि सम्पर्क विच्छेद

हिज्बुल्लाहका शीर्ष नेता सफिदीनसँग शुक्रबारदेखि सम्पर्क विच्छेद

केन्द्रबिन्दु
224
Shares

बेरुत । हिज्बुल्लाहको एक उच्चस्तरीय स्रोतले समूहका सम्भावित नेताका रूपमा चिनिने हाशेम सफिदीनसँगको सम्पर्क यसै साता इजरायली आक्रमणपछि टुटेको बताएको छ ।

“बेरूतको दक्षिणी उपनगरमा शुक्रबार बिहानै भएको हिंसात्मक आक्रमणपछि सैयद सफिददिनसँग सम्पर्क टुटेको छ,” अधिकारीले भने ।

हिजबुल्लाहका एक नेताले भने, “उहाँ इजरायलले आक्रमणको निशाना बनाएको स्थलमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो र उहाँसँग अन्य को–को थिए हामीलाई थाहा छैन।” हिजबुल्लाहनिकट अन्य स्रोतले पनि सफिदीनसँग सम्पर्क टुटेको र उनी कहाँ छन् भन्नेबारे थाहा नभएको पुष्टि गरेको छ ।

दुवै स्रोतले संवेदनशील विषयमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेका छन् । “लक्षित भूमिगत मुख्यालयमा पुग्ने प्रयास गरिरहेको छ, तर हरेक पटक इजरायलले उद्धार प्रयासलाई रोक्न फेरि आक्रमण गर्न थाल्छ,” उक्त स्रोतले भनेको छ । सफिद्दीन हज मुर्तदा भनिने हिजबुल्लाहको गुप्तचर प्रमुखसँग रहेको हिजबुल्लाह समूहले बताएको छ ।

हिजबुल्लाहनिकट स्रोतका अनुसार इजरायलले समूहको दक्षिणी बेरुत गढमा लगातार ११ वटा आक्रमण गरेको छ, जुन गत साता इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्र बनाए यताको सबैभन्दा शक्तिशाली आक्रमण हो । एएफपीको फुटेजमा आक्रमण भएको स्थानबाट आगोको ज्वाला र बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ ।

इजरायली सेनाले बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले दक्षिण बेरुतमा रहेको हिज्बुल्लाहको मुख्यालयमा भएको हवाई आक्रमणमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको बताएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

Logo