इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

केन्द्रबिन्दु
574
Shares

तेहरान । इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमाण्डरलाई सम्मानित गरेको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले ‘रिभोल्युसनरी गार्ड्स’का ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेकाे हाे ।

“अयातुल्लाह खामेनीले गार्ड्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’ द्वारा विभूषित गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

वेबसाइटमा जनाइएअनुसार यो विभूषण ‘ईमान्दारिता र राष्ट्रिय गौरब’ का क्षेत्रमा योगदान पुर्याएबापत प्रदान गरिएको हो ।

६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आएका छन् । इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।

गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियोे । इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ । -एएफपी

Logo