अमेरिकाको सुन खानीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको सुन खानीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

केन्द्रबिन्दु
154
Shares

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल क्रिक, कोलोराडो नजिकैको पर्यटकीय गन्तव्य हो ।

Logo