विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त

विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त

केन्द्रबिन्दु
112
Shares

नयाँदिल्ली । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छिन्, “विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो अन्यायमाथि न्यायको विजयको चाड हो । यो पर्व सत्य र नैतिकताको मूल्यमान्यताप्रतिको हाम्रो विश्वासको प्रतीक हो।”

मुर्मुले एक्समा अगाडि लेखिन् “यस शुभ अवसरमा हामीले सबैभन्दा कठिन परिस्थितिमा पनि न्यायको पक्ष लिने प्रण गर्नुपर्छ । यो पवित्र पर्वले सबैको जीवनमा सुख र समृद्धि ल्याओस् र हाम्रो देश सदैव विकासको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु।”

त्यसैगरी प्रधानमन्त्री मोदीले एक्समा विजयादशमीको पावन अवसरमा सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, “विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्रीरामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ।”

राष्ट्रपति द्रौपदी मुर्मू र प्रधान मन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । श्री धार्मिक लीला समितिका महासचिवले बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे सुरु हुनेछ।

भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ। विजयादशमीको पर्व लगभग देशका हरेक भागमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । भगवान रामद्वारा रावणमाथि विजय गरेको दिन विजया दशमी मनाइएको भन्ने भनाइ भारतका अधिकांश हिन्दूहरूमा लोकप्रिय छ । हिन्दूहरूले भगवान् रामलाई आदर्श पुरूषका रूपमा लिने गर्छन् ।

विजयादशमीको २० दिनपछि मनाइने महत्त्वपूर्ण चाड दीपावलीको तयारी पनि यस पर्वले सुरु गर्छ ।

Logo