कांग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका भारतीय नेताको गोली हानी हत्या

कांग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका भारतीय नेताको गोली हानी हत्या

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । भारतमा कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको छ ।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनको लिलावती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

करीब ४८ वर्षदेखि कांग्रेसमा रहेका उनी यसै वर्षको फेब्रुअरी महिनामा कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए । उनको हत्याको घटना अनुसन्धानका क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ चलिरहेको भारतीय मिडियाहरूले बताएका छन् । अरू दुई जना भने फरार छन् ।

Logo