बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च

बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च

केन्द्रबिन्दु
56
Shares

ढाका । बङ्गलादेशमा डेङ्गु संक्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।

जनवरीदेखि हालसम्म डेङ्गु संक्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ संक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल संक्रमण संख्या दश हजार ८७२ पुगेको छ । यसवर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।

बङ्लादेशमा सन् २०२३ मा डेङ्गु संक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो । डेङ्गु ज्वरो संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

Logo