मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

केन्द्रबिन्दु
140
Shares

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।

उनका सहयोगीका अनुसार उनलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ । सुफी युसोफले भने, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”

उनले भने, “उनको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।” महाथिर जुलाइदेखि ९९ वर्ष लागेका छन् । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए । सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाकोे राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति थिए ।

उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Logo