काठमाडौँ
केन्द्रविन्दु संवादाता

टापु नै टापु मिलेर वनेको दक्षिण एयिसाली मुलुक माल्दीभ्समा आइतवार सम्पन्न राष्ट्रपति निर्वाचनमा विपक्षी गठवन्धनका नेता इब्राहिम मोहम्मद सोलिह विजयी भएका छन् । "/>

माल्दीभ्सको निर्वाचन नतिजाः भारत खुसी, चीनलाई झड्का

माल्दीभ्सको निर्वाचन नतिजाः भारत खुसी, चीनलाई झड्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
केन्द्रविन्दु संवादाता

टापु नै टापु मिलेर वनेको दक्षिण एयिसाली मुलुक माल्दीभ्समा आइतवार सम्पन्न राष्ट्रपति निर्वाचनमा विपक्षी गठवन्धनका नेता इब्राहिम मोहम्मद सोलिह विजयी भएका छन् ।

विश्वका शक्ति राष्ट्रहरुले निकै चासो दिएको सो निर्वाचनमो नतिजालाई धेरै आश्चर्यको रुपमा लिएका छन् । सरकारी संयन्त्रहरुमा पूर्ण रुपमा नियन्त्रण कायम गरेका वर्तमान राष्ट्रपति नै पुन निर्वाचित हुने धेरैको आशंका थियो तर विपक्षी गठवन्धनको सानदार विजयी भएको छ ।

मुलुककै तेस्रो राष्ट्रपतिको निर्वाचनमा मतदाताले निकै उत्साहका साथ भाग लिएका थिए । मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्नका लागि झण्डै ८ घन्टासम्म चर्काे घाममा लाइन वसेका थिए । दुई लाख ६२ हजार मतदाता रहेको माल्दीभ्स एक हजार भन्दा वढी साना टापुहरुमा छरिएको मुलुक हो ।

मालदिभ्स राष्ट्रपतिको निर्वाचनको नतिजाप्रति भारत र अमेरिका खुसी देखिन्छन् भने अर्काे शक्ति राष्ट्र चीनलाई भने झड्का लागेको देखिन्छ । यतिसम्म कि निर्वाचन आयोगले निर्वाचनको औपचारिक नतिजा सार्वजनिक नगर्दै भारत र अमेरिकाले निर्वाचनलाई वैद्यता दिदै सोलिहको विजयको स्वागत गरेका थिए तर चीनले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।

विशेषत अमेरिका र युरोपियन युनियनले पछिल्ला वर्षहरुमा वर्तमान राष्ट्रपतिले राजनैतिक तथा नागरिक अधिकार कटौती गरेकोमा विरोध गरिरहेका छन् । त्यसैगरी चीनको वढ्दो प्रभाव रोक्नुपर्नेमा भारत, अमेरिका र युरोपियन युनियनको एकै मत रहेको छ ।

भारत र अमेरिकाले स्पष्ट रुपमा विपक्षी गठवन्धनका नेता सोलिहलाई समर्थन गरेका थिए भने वर्तमान राष्ट्रपति अब्दुल्लाह यमनलाई चीनको समर्थन थियो । यमन राष्ट्रपति भएयता मालदिभ्समा चीनको प्रभाव निकै वढेको थियो । सन् २०१७ को अन्ततिर यमनले हतार हतार चीनसँग दुई पक्षिय व्यापार सम्झौता गरेपछि भारत वर्तमान राष्ट्रपतिसँग निकै चिढिएको थियो ।

यसै वर्षको फेव्रुअरीमा राष्ट्रपति यमनले संकटकालिन अबस्थाको घोषणा गरेपछि भारत र मालदिभ्सको सम्वन्धमा झन चिसोपना आयो । यस निर्वाचनको नतिजासँग माल्दीभ्ससँग आफ्नो सम्वन्धमा सुधार आउनेमा भारत आशावादी देखिन्छ । यस अघिका निर्वाचनमा भारतले आफ्नो निर्वाचन अनुगमन टोली पढाउने गरेको थियो तर यसपटक भने न माल्दीभ्सले आमन्त्रण नै ग¥यो, न दिल्लीमा निर्वाचन अनुगमन टोली पढाउने कुनै इच्छा नै व्यक्त ग¥यो । यतिसम्म कि माल्दीभ्सको निर्वाचन आयोगले सहमति जनाएपनि भारतका धेरै पत्रकारहरुले निर्वाचनको अनुगमन तथा समाचार संकलनका लागि जानका लागि भिसा नै पाएनन् ।

नयाँ राष्ट्रपतिसँगै चीनको प्रभाव कम हुने र मालदिभ्सको इन्डिया फस्ट पोलिसीले् पुन निरन्तरता पाउने दिल्लीको वुझाई देखिन्छ । चीनले मालदिभ्समा एक अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुका साथै अन्य भौतिक संरचनाहरुमा लगानी गरेको छ ।

विशेषत निर्वाचनको दौरानमा विपक्षी दलहरुले चीनको लगानीलाई समग्र रुपमा समिक्षा गर्ने वताएका थिए, त्यसैले यो निर्वाचनको नतिजा चीनको लागि अप्रिय भएको विश्लेषकहरुको भनाई छ । तर नयाँ राष्ट्रपतिले निर्वाचनको अभियानमा भने जस्तै चीनको लगानीलाई इन्कार गर्न सक्ने अवस्था भने छैन ।

को हुन नयाँ राष्ट्रपति ?

आगामी नोभेम्वरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने सोलिह मालदिभियन डेमोक्रेटिक पार्टीका सहसंस्थापक हुन् । ५६ वर्षिय सोलिहले राष्टपति नसीदको समयमा प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गरेका थिए । सन् १९५५ मा उनी ३२ वर्षको उम्मेरमा स्वतन्त्र साँसदको रुपमा निर्वाचित भएका थिए । युवा अबस्थादेखि नै उनी मुलुकको राजनीतिक संघर्षमा संलग्न भएका थिए । उनले स्वतन्त्र संसद हुनुभन्दा अघि पत्रकारको रुपमा समेत केही समय काम गरेका थिए ।

Logo