भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । "/>

भियतनामीका राष्ट्रपति ट्रान दाई क्वाङको निधन

भियतनामीका राष्ट्रपति ट्रान दाई क्वाङको निधन

केन्द्रबिन्दु
0
Shares

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको हो ।

उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनाएका थिए । गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए ।

हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उनले सार्वजनिक रुपमा दुई दिन अगाडिमात्र भेटवार्ता गरेका थिए । कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका राष्ट्रपति ट्रानको पार्टीभित्र गहिरो प्रभाव रहेको छ । 

Logo