उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । "/>

सडक दुर्घटनामा तीनको मृत्यु ५० घाइते

सडक दुर्घटनामा तीनको मृत्यु ५० घाइते

केन्द्रबिन्दु
0
Shares

उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ ।
घाइतेहरुलाई अस्पताल भर्ना गरिएको र घाइते मध्ये सातको अवस्था भने चिन्ताजनक रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन । प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।

सो क्षेत्रमा लगाइएका घेराहरुको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चार माध्यमलाई बताए ।
यस दुर्घटनाको अनुसन्धान गर्न सरकारले आदेश दिइसकेको पनि मोनिकाले बताएकी छिन् । रासस

Logo