जापानका प्रधानमन्त्री सिन्जो अबे सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी फेरी अध्यक्षमा निर्वाचित भएको बताइएको छ । "/>

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

केन्द्रबिन्दु
0
Shares

जापानका प्रधानमन्त्री सिन्जो अबे सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी फेरी अध्यक्षमा निर्वाचित भएको बताइएको छ ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे अहिले ६३ वर्षको भएका छन् । उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका हुन् । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री थिए ।

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै संविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ ।

Logo