रुसी सेनाको एक विमान भुमध्यसागरमा बेपत्ता भएको छ । रुसी १४ सैनिक सवार उक्त विमान हिजो सोमबार भुमध्यसागरमा बेपत्ता भएको हो । "/>

सेनाको विमान बेपत्ता

सेनाको विमान बेपत्ता

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाको एक विमान भुमध्यसागरमा बेपत्ता भएको छ । रुसी १४ सैनिक सवार उक्त विमान हिजो सोमबार भुमध्यसागरमा बेपत्ता भएको हो । उनीहरु इजरायली मिसाइल हमलामा सिरिया आर्मीको निशानी बनेको आशँका गरिएको छ ।

रुसी सेनाले अहिले उनीहरको अनुसन्धान सुरु गरेको छ । रक्षा मन्त्रालयका अनुसार सिरियाको लताकिया प्रान्तमा सिरियाली विमानलाई इजरायलका ४ ओटा विमान एफ १६ले हमला गरेका थिए । त्यसै बेला सिरियाले पनि जवाफी हमला गरेको थियो । त्यसै बेला रसियन सेनाको विमान बिचमा आएको थियो । सिरिया सरकारले यस हमलामा आफ्नो तर्फबाट अझै सम्म केहि बयान दिएको छैन ।

पेन्टागनका प्रवक्ताले भने अमेरिकाको यस हमलामा केहि हात नरहेको बताएका छन् । किनभने अमेरिकाले  त्यो बेला मिसाइल लञ्च गरेको थिएन । रुसले भने रकेट फ्रेन्च युद्धपोतबाट छोडिएको दाबि गरेको छ । त्यतिबेला युद्धपोत पनि घटनास्थल नजिकै रहेको रसियाको दाबि छ।

Logo