एजेन्सी । अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा नयाँ आयात शुल्क लगाएको छ । चीनसँगको व्यापारयुद्ध चलिरहेका बेला अमेरिकाले यस्तो शुल्क लगाएको हो । "/>

अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा अहिलेसम्मकै बढी कर लगायो

अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा अहिलेसम्मकै बढी कर लगायो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा नयाँ आयात शुल्क लगाएको छ । चीनसँगको व्यापारयुद्ध चलिरहेका बेला अमेरिकाले यस्तो शुल्क लगाएको हो । यो शुल्क लगभग ६ हजार सामानमा लाग्नेछ र यो अहिले सम्मकै सबभन्दा ठूलो शुल्क हो ।

हाते झोला, चामल र कपडा पनि शुल्क लाग्ने वस्तुमा पर्छन् तर स्मार्ट वाच र अग्ला कुर्सीहरूमा चाहिँ शुल्क लगाइएको छैन ।चीनले यसअघि नै थप अमेरिकी करविरुद्ध प्रतिकार गर्ने बताइसकेको छ ।

यो कर असोज ८ गतेदेखि लगाइनेछ । शुरूमा १० प्रतिशत शुल्क लगाउँदै दुई देशबीच सम्झौता नभएमा त्यसलाई बढाएर अर्को वर्षको शुरूआतमा २० प्रतिशत पुर्‍याइनेछ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो चरणको आयातकर चीनको असंगत व्यापारको प्रतिक्रियास्वरूप लगाइएको बताएका छन् । चीनले सब्सिडी लगाउने र विदेशी कम्पनीलाई स्थानीय साझेदारसँग मिलेर काम गर्नुपर्ने बाध्यता गराएकाले यसो गरिएको उनको भनाइ छ ।

चीनले प्रतिशोध गरे २६७ अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर लगाउने अमेरिकाले तयारी गरेको छ ।

 

Logo