एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको निम्तामा राष्ट्रपति मुन राजधानी प्योङयाङ पुगेका हुन् । "/>

एकाएक दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाको राजधानी प्योङयाङ पुगे

एकाएक दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाको राजधानी प्योङयाङ पुगे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको निम्तामा राष्ट्रपति मुन राजधानी प्योङयाङ पुगेका हुन् ।

उत्तर कोरिया र अमेरिकाबीच सुरू भएको आणविक निःशस्त्रीकरण वार्ता समस्यामा परेपछि सुचारु गराउने प्रयास स्वरूप मुन प्योङयाङ पुगेका हुन्।

उनी विशेष विमानमार्फत् सोमबार बिहान प्योङयाङ उत्रिएका हुन्। मुनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोम उन विमानस्थल पुगेका थिए । उत्तर कोरियाली सेनाको स्वागत धुनबीच किम विमानस्थलमा बिछ्याइएको रातो कार्पेटबाट मुन चढेको जहाजतर्फ स्वागत गर्न अगाडि बढेका थिए।

जहाजबाट मुन उत्रिएपछि दुई कोरियाली राष्ट्रपतिले हात मिलाए। त्यसपछि अंकमाल गरे। सँगै गएका दक्षिण कोरियाली र उत्तर कोरियाली राष्ट्रपतिका श्रीमतीले भने हात मात्र मिलाएर एकअर्कालाई अभिवादन गरे। उत्तर कोरिया भ्रमणमा जाने मुन तेश्रो दक्षिण कोरायाली राष्ट्रपति हुन्। किम भने पाँच महिनाअघि दक्षिण कोरिया गएका थिए।

 

Logo