बलिउड सुपरस्टार गोविन्दा  अाहुजा शनिबार नेपाल आएका छन्  । आईतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन् । "/>

‘नेपालका ज्वाई’ बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा (भिडियोसहित)

‘नेपालका ज्वाई’ बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बलिउड सुपरस्टार गोविन्दा  अाहुजा शनिबार नेपाल आएका छन्  । आईतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन् । उनको नेपाल बसाई ३ दिनको हुनेछ ।

बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए । नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिए ।

बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए ।

गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन । यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।

Logo