बामाको
गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । "/>

ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बामाको
गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । ट्रकमा ८० जना भन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए ।

प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । “दुर्घटनामा परेका मध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजी कार्य भइरहेको छ,” सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ । मालीमा सडक र सवारी साधनको खराब अवस्थाका कारण बेला बेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।
रासस/एएफपी

Logo