श्रीनगर, भारत

भारतमा एक जना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । "/>

सौतेनी आमाको सहयोगमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सौतेनी आमाको सहयोगमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

केन्द्रबिन्दु
0
Shares

श्रीनगर, भारत

भारतमा एक जना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घर भन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्रहरीले जनाएको छ । उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेली आमा हुन् । हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ । भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीयलाई स्तब्ध बनाएको सञ्चारमाध्यमहरुले खबर दिएका छन् ।

भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा सो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ ।

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो । त्यस हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ । बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको हो ।

गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।

ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए । छत्तीस वर्षीय तिनै सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । यस हत्यामा अर्को एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

ती महिलाको छोरा सहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरुको हात रहेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ । भारतमा पछिल्लो समयमा यस्त बलात्कारका घटनाका विरुद्धमा कडा कारवाहीको कानूनी व्यवस्था गरिएको भए पनि घटनामा कमी भने आएको छैन ।
रासस/एएफपी

Logo