टोकियो

जापानमा करिब २५ वर्ष पछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । "/>

जापानमा २५ वर्ष पछिकै शक्तिशाली आँधी : जनजीवन प्रभावित

जापानमा २५ वर्ष पछिकै शक्तिशाली आँधी : जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

टोकियो

जापानमा करिब २५ वर्ष पछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ । जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने– सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्ष पछिकै शक्तिशाली छ र यसले पु¥याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ ।

उनले मङ्गलबार बिहान देखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताए । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पु¥याएको देखिएको छ । अहिले त्यहाँ स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि उनले बताए । यस लगत्रै प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ । मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् ।
रासस/एएफपी

Logo