ब्राजिलका पूर्वराष्ट्रपति लुलाले निर्वाचन लड्न नपाउने

ब्राजिलका पूर्वराष्ट्रपति लुलाले निर्वाचन लड्न नपाउने

केन्द्रबिन्दु
0
Shares

ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ । 

ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उहाँलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन् । आउदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग फैलिएको छ । 

पूर्वराष्ट्रपति ७२ बर्षीय लुलालाई भ्रष्टाचारको आरोप लगाइएको छ भने, त्यही आरोपका कारण उनलाई निर्वाचन लड्न प्रतिवन्धल लगाइएको हो । उनको पार्टीले यही अगष्ट १५ मा उनलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो । ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश ब्राजिलमा उनी निकै लोकप्रिय नेता मानिन्छ ।

सन् १९४५ को अक्टोबर २७ मा लुला ब्राजिलको गरिव किसान परिवारमा जन्मिएका थिए । उनी १४ वर्षकै उमेरमा मेटल वर्कस युनियनको अध्यक्ष बनेका थिए भने सन् २००३ मा ब्राजिलको पहिलो बामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Logo