सोफिआ

बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । "/>

बस दुर्घटनाको जिम्मेवारी लिँदै तीन मन्त्रीद्वारा राजीनामा !

बस दुर्घटनाको जिम्मेवारी लिँदै तीन मन्त्रीद्वारा राजीनामा !

केन्द्रबिन्दु
0
Shares

सोफिआ

बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

‘हामी तीन जना मन्त्रीहरू म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएका छौँ,’ क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारहरूसँग भने ।

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् ।

दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरूको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको बताइएको छ । दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।
रासस/एएफपी

Logo