नयाँ दिल्ली

भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् । "/>

कार र ट्रक एकआपसमा ठोक्किंदा दश जनाको मृत्यु

कार र ट्रक एकआपसमा ठोक्किंदा दश जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।

राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ । “विपरित दिशाबाट आइरहेका कार र ट्रक आइतबार राती एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” एक प्रहरी अधिकारीले भने । मृत्यु भएका मध्ये ६ जनाको घटनास्थलमै र अरुको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।
रासस/सिन्ह्वा

Logo