इरानका अर्थमन्त्रीमाथिको महाअभियोग पारित

इरानका अर्थमन्त्रीमाथिको महाअभियोग पारित

केन्द्रबिन्दु
0
Shares

इरानका अर्थमन्त्री मसूद कर्बासियाँमाथि लगाइएको महाअभियोग पारित भएको छ । कर्बासियाँविरुद्ध १३७ मत र पक्षमा १२१ मत परेको छ ।

दुई सदस्य मतदानमा उपस्थित रहेनन् । इरान उच्च दरयुक्त मुद्रास्फीति र बेरोजगारीको समस्या झेलिरहेको छ । रुहानी सरकारका आलोचकहरूले सरकार आणविक सम्झौताबाट प्राप्त अवसर गुमाएको बताए ।

कर्बासियाँ यही महिनामा महाअभियोग सामना गर्ने दोस्रा मन्त्री हुन् । यसअघि श्रममन्त्री अली रबेईलाई महाअभियोग लगाएर हटाइएको थियो । एजेन्सी

Logo