सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन् । "/>

अस्ट्रेलियाका प्रधानमन्त्रीमा स्कट मरिसन

अस्ट्रेलियाका प्रधानमन्त्रीमा स्कट मरिसन

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन् । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।

पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गर्दै आएको थियो ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहेका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए । यस चुनावमा टर्नबुलका सहयोगी विदेशमन्त्री जुली बिशप पनि चुनावी मैदानमा थिए तर उनी पहिलो चरणमै पराजित भएका थिए ।

“मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,”प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भने । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिए ।

तीन वर्षदेखि सत्ताको बागडोर सम्हालेका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो, तर त्यसबखत उनी अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिएका थिए । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै सङ्कट आइलाग्यो ।

राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ ।

Logo