रुसले सिरियामा पठायो ‘लडाइँसम्बन्धी अनुभव भएका’ ६३ हजार सेना

रुसले सिरियामा पठायो ‘लडाइँसम्बन्धी अनुभव भएका’ ६३ हजार सेना

केन्द्रबिन्दु
0
Shares

रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । 

रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

“उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,” मन्त्रालयका अधिकारीले भनेका छन् । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिनुभयो । 

सन् २०११ देखि शुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् । एजेन्सी

Logo