शक्तिशाली भूकम्पले भेनेजुएला त्रस्त

शक्तिशाली भूकम्पले भेनेजुएला त्रस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारो नजिकै केन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का १ मिनेट सम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकास सम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको बताएका छन् ।

Logo