इन्डोनेसिया

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । "/>

गए राती फेरि दुई ठूला भूकम्पको झड्का

गए राती फेरि दुई ठूला भूकम्पको झड्का

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसिया

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् । एपीका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

लोम्बोकमा यही अगष्ट ५ मा गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित अवस्थामा छन् । इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ ।
रासस/एपी

Logo