भारत

भारतको केरला राज्यमा केही दिन देखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । "/>

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

भारत

भारतको केरला राज्यमा केही दिन देखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटर मार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।” बिहीबार सम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको छ ।
रासस/एएफपी

Logo