अमेरिका

हाम्रो नेपाली समाजमा गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन कुनै नौलो कुरा होईन । "/>

पत्याउनुस् नपत्याउनुस : कुकुरको पिसाव नियमित सेवनले अनुहार चम्काउने दाबी !

पत्याउनुस् नपत्याउनुस : कुकुरको पिसाव नियमित सेवनले अनुहार चम्काउने दाबी !

केन्द्रबिन्दु
0
Shares

अमेरिका

हाम्रो नेपाली समाजमा गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन कुनै नौलो कुरा होईन । यो हाम्रो लागी सामान्य विषय पनि हो । तर एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दाग हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छिन् भन्ने सुन्दा भने हामीलाई अचम्म लाग्न सक्छ । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेको बताएकी छिन् । सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छिन् र आफ्नो अनुभव सुनाएकी छिन् ।

उनी भन्छिन्, ‘तपाईंहरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधैं पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ? त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् ।

एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नु अघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दाग थिए ।’ कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियम लगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने उनको जिकिर छ ।
एजेन्सी

 

 

Logo