जकार्ता

इन्डोनेसियाको लोम्बोक द्वीपमा एक साता अघि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३८७ पुगेको छ । "/>

भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८० भन्दा बढी !

भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८० भन्दा बढी !

केन्द्रबिन्दु
0
Shares

जकार्ता

इन्डोनेसियाको लोम्बोक द्वीपमा एक साता अघि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३८७ पुगेको छ । भूकम्पका कारण हजारौं विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएको एक साता बितिसक्दा पनि पीडितलाई खाद्य पदार्थ, औषधि र सफा खानेपानी लगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् ।

इन्डोनेसियामा यसै क्षेत्रमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक सातापछि नै ६ दशमलव ९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो । उद्धारकर्ता भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरे लगतै यो संख्या बढेर ३८७ पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रबिन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । साथै यस भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र २ लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए ।
एजेन्सी

Logo