कामदारले नै बिमान चोरेर उडाएपछि…

कामदारले नै बिमान चोरेर उडाएपछि…

केन्द्रबिन्दु
0
Shares

बिमान अपहरणमा परेको त सुनिन्छ तर बिमान चोरेको सायदै सुनिन्छ । अझ बिमान कम्पनीमै काम गर्ने कामदारले बिमान चोरेर उडाए भन्दा कसरी बिश्वास गर्नु । तर बिश्वास नगरी सुखै छैन ।

अमेरिकाको सियाटल विमानस्थलमा विमान सेवा कम्पनीको कामदारले चोरेर उडाएका छन् । खाली रहेको उक्त बिमान दुर्घटना भएको छ । केट्रोन टापुको दक्षिणी क्षेत्रमा दुर्घटनामा परेको हो । दुर्घटनामा चोरको पनि मृत्यु भएको बताइएको छ ।

विमान चोरी गर्ने व्यक्तिले अनाधिकृतरुपमा विमान ‘टेक अफ’ गराएकाले सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको अधिकारीहरुले बताएका छन् । चोरीपछि विमानलाई एफ–१५ लडाकू जेटले पछ्याएको थियो ।

बिमान चोरेको ब्यक्तिले भिडियो गेम खेलेको आधारमा बिमान उडाएको बताइएको छ । (एजेन्सी)

Logo