यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । उनीहरुले एक १० वर्षीय बालिकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गरेको हो । "/>

तीन जना बलात्कारीलाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइयो

तीन जना बलात्कारीलाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइयो

केन्द्रबिन्दु
0
Shares

यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । उनीहरुले एक १० वर्षीय बालिकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गरेको हो ।

उनीहरुलाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डपछि तीनैजनाको शवलाई क्रेनमा झुण्ड्याएर प्रदर्शन गरिएको थियो ।

दोषीलाई जमिनमा घोप्टो पारेर पिठ्युतर्फबाट मुटुमा पाँच गोली हानेर बुधबार मृत्युदण्ड दिइएको हो । यमनमा व्यभिचार, यौन दुर्व्यवहार, बेश्याबृत्ति, धर्म त्यागजस्ता अपराधमा मृत्युदण्डको सजाय दिने प्रावधान छ । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए । (एजेन्सी)

Logo