सामाजिक सञ्जालमा आफ्नो उपस्थितीलाई बलियो बनाउदैं गएको फेसबुकले प्रयोगकर्ताहरुको चाहनालाई ध्यानमा राखेर निकट भविष्यमा केही परिवर्तनहरु गर्न लागेको जानकारी दिएको छ । "/>

फेसबुकमा केही परिवर्तन हुदैंछ

फेसबुकमा केही परिवर्तन हुदैंछ

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा आफ्नो उपस्थितीलाई बलियो बनाउदैं गएको फेसबुकले प्रयोगकर्ताहरुको चाहनालाई ध्यानमा राखेर निकट भविष्यमा केही परिवर्तनहरु गर्न लागेको जानकारी दिएको छ ।

फेसबुकले पहिलो प्राथमिकतामा आफ्नो एपमा परिवर्तन गर्ने जनाएपनि फेसबुकको वेव पेजमा पनि परिवर्तन हुन लागेको फेसबुकका उपाध्यक्ष एलेक्स हिमेलले जानकारी दिएका छन् ।

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जाल लगायत अन्य किसिमको सुविधा दिने जनाएको छ । जस्तो फेसबुकले होटेल भनेर खोलेको पेजमा प्रयोगकर्तालाई होटेलको बुकिङ गर्ने सुविधा पनि दिने जनाएको छ । यस्तैगरी फेसबुकले बिभिन्न क्याटोगरीमा यस्ता पेजहरुको निर्माण गर्ने जनाएको छ । जसमा रेष्टुराँ, टिभि शो आदीलाई पनि संलग्न गर्ने छ ।

फेसबुकले आफ्नो रिकमेण्डेसन फिचरलाई पनि परिवर्तन गर्ने जनाएको छ । यो परिवर्तनले गर्दा प्रयोगकर्ताले कुनै पनि पेजमा बढी भन्दा बढी रिभ्यु र फिडब्याक समेत पाउने छ । यो वाहेक फेसबुकले जब्सको प्लेटफर्मलाई अझ बढाउने जनाएको छ । फेसबुकले एउटा लोकल सेक्सनलाई पनि ल्याउने छ । जसमा प्रयोगकर्ताको वरिपरिका र उनलाई रुची लाग्ने कुराहरु समावेश गर्ने छ ।

फेसबुकले आफ्नो लुक्सपनि केही परिवर्तन गर्ने सोचाई बनाएको छ । जसमा एण्ड्रोइड र आईएसओ अपरेटिङ सिस्टमवाट चलाउने फेसबुकको नेभिगेसन बारमा परिवर्तन हुने छ । अब सम्भवत नेभिगेसन बारमा न्यूज फिड। नोटिफिकेसन, मेन्यू हुने छ भने बाँकी अप्सन प्रयोगकर्ताको चाहना अनुसार आउने छ । जस्तो तपाईले मेसेन्जर बढी चलाउनु भयो भने नेभिगेसन वारमा मेसेन्जरको अप्सन पनि आउने छ ।

Logo