जाकर्ता

इन्डोनेसियाको लम्बोक टापुमा आइतवार अपरान्ह ७ म्याग्निच्यूडको भूकम्प गएको छ । "/>

७ म्याग्निच्यूडको भूकम्प पछि सुनामीको चेतावनी !

७ म्याग्निच्यूडको भूकम्प पछि सुनामीको चेतावनी !

केन्द्रबिन्दु
0
Shares

जाकर्ता

इन्डोनेसियाको लम्बोक टापुमा आइतवार अपरान्ह ७ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाको उत्तरी तटस्थित लोम्बोक द्वीप क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परि ८० जनाको मृत्यु भएको बताइएको छ ।

इन्डोनेसियाको भूगर्भ विभागका अनुसार भूकम्प गएपछि त्यस आसपासको समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सुनामीको चेतावनीसँगै तटीय क्षेत्रका मानिसहरुलाई उच्च स्थानमा सर्न त्यहाँको सरकारी निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

समाचार अनुसार यो भूकम्प पृथ्वीको सतह भन्दा १० किलोमिटर (६.२ माइल) तल गएको हो । एक साता अघि गएको अर्को शक्तिशाली ६‍.२ म्याग्निच्यूडको भूकम्पबाट १७ जनाको ज्यान गएको थियो । समाचार अनुसार चर्चित पर्यटकीय द्वीप क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्प मतराम सहरबाट ५० किलोमिटर उत्तर पूर्वमा रहेको छ । यो टापुमा तीन लाख १९ हजार जनसंख्या रहेको छ ।
रासस/एएफपी

Logo