ड्युल सिम भएको आईफोन आउने

ड्युल सिम भएको आईफोन आउने

केन्द्रबिन्दु
0
Shares

अहिलेसम्म एउटा मात्र सिम राख्न मिल्ने आईफोन बजारमा ल्याउदैं आएको एप्पल कम्पनीले निकट भविष्यमा ड्युल सिम लाग्ने आईफोनलाई बजारमा ल्याउने तयारी गरेको छ ।

एप्पलको अनुसार उक्त ड्युल सिम भएको मोबाइल फोनलाई चीनको बजारमा पहिलो चरणमा ल्याउने घोषणा गरेको छ । तर एप्पलले यस्तो किसिमको मोबाइल सेट एशियाली बजारमा ल्याउने सोचाई बनाएको थियो । सन् २०१८ मा एप्पलले आईफोन एक्सको तिन फरक मोडलहरुलाई बजारमा ल्याउने तयारी गरेको छ । जसमा ओलेड स्क्रिन भएको ६.५ ईन्च, ५.८ ईन्च र एलसिडी स्क्रिन भएको ६.१ ईन्चको हुने छ । यो मध्ये एलसिडी ६.१ ईन्च स्क्रिन भएको आईफोनमा ड्युल सिम लाग्ने छ । यो मोवाइल अन्य मोवाइलको तुलनामा धेरै महंगो नहुने जनाईएको छ ।

ताईवानको युनाईटेड डेली न्यूजका अनुसार एप्पलले सार्वजनिक गर्न लागेको ड्युल सिम लाग्ने स्मार्टफोन अन्य आईफोनको तुलनामा सस्तो हुनेछ । एप्पलले सम्भवत यो सेटलाई चीनमा मात्र सार्वजनिक गर्ने योजना बनाएको छ । चीनमा देखिने प्रतिक्रिया अनुसार अन्य देशमा लैजाने सोचाई एप्पलले बनाएको छ । तर यो बिषयमा एप्पलले भने अहिलेसम्म कुनै किसिमको आधिकारीका जानकारी दिएको छैन ।

Logo