डेटिङ फिचर ल्याउदै फेसबुक

डेटिङ फिचर ल्याउदै फेसबुक

केन्द्रबिन्दु
0
Shares

फेसबुकले निकट भविष्यमै टिण्डर र बुम्बेल जस्ता बिश्वकै चर्चित डेटिङ साईटहरुलाई चुनौति दिने उद्धेश्यले डेटिङ फिचरलाई ल्याउने तयारी गरेको छ ।

अन्तराष्ट्रिय मिडियाहरुमा आएको समाचार अनुसार फेसबुकले अहिले यो डेटिङ फिचरलाई आफ्नै कर्मचारीहरमा परिक्षण गरिरहेको छ । यो परिक्षण अहिले अमेरिकामा रहेको कर्मचारीहरुमा सिमित रहेको बर्ज मिडियाले जनाएको छ ।

एप रिसर्चर जेन मानचुङले फेसबुकको उक्त फिचरको स्क्रिन सटलाई आफ्नो ट्विटर ह्याण्डलवाट पोष्ट समेत गरेका छन् । अहिले कर्मचारीहरुमा परिक्षण भैरहेको यो फिचर कर्मचारीहरुलाई डेटिङमा जान होईन भनेका छन् । फेसबुकले यो फिचरलाई आफ्ना कर्मचारीहरुमा परिक्षण गरेर यसमा रहेका कमी कमजोरीहरु पत्ता लगाउनु नै रहेको छ । अहिले अधिकांश कर्मचारीहरुले नयाँ फेक एकाउन्ट खोलेर यसमा रहेको कमजोरीहरु पत्ता लगाइरहेका छन् । सबैकुराको परिक्षणवाट सफल भएपछि ति फेक एकाउन्टहरुलाई हटाउन पनि भनेको छ ।

फेसबुककै एपमा आउने यो फिचरलाई अहिले फेसबुकले ब्यापक रुपमा परिक्षण गरिरहेको छ । एफ एट डेभलपर्स कन्फ्रेन्समा फेसबुकले डेटिङ फिचर ल्याउने घोषणा गरिसकेको थियो । फेसबुकका संस्थापक मार्क जकरबर्गका अनुसार यो फिचरले मानिसहरु विच राम्रो सम्बन्ध राख्न धेरै नै मद्धत गर्ने छ । किनकी यसको निर्माण हामीले निकै नै सावधानीका साथ गरेका छौं ।

Logo