गर्भवती महिलालाई माछा अति उत्तम

गर्भवती महिलालाई माछा अति उत्तम

केन्द्रबिन्दु
0
Shares

गर्भवती महिलाले नियमित रुपमा माछा र माछाको तल सेवन गरेमा निर्धारित समय भन्दा अगावै जन्मदिने खतरा कम हुने अनुसन्धानले देखाएको छ ।

गर्भवती महिलाहरुमा ओमेगा–३ को कमी भएमा उनीहरुले निर्धारित समय भन्दा अगाडी सन्तानको जन्म हुने गरेको देखिएको थियो । यदी यो अवस्थामा माछा र माछाको तेलको सेवन गरेमा उनीहरमा निर्धारित समय भन्दा अगाडी हुने सन्तानको जन्ममा कमी आएको देखिएको छ ।

अनुसन्धानको क्रममा गर्भवती महिलाहरुमा पहिलो र दोस्रो महिनामा एन थ्रि नाम फ्याट्टि एसिडको कमी रहेको थियो । जसको कारण उनीहरमा निर्धारित समय भन्दा अगाडी बच्चा जन्माउने खतरा बढी रहेको थियो । तर जुन गर्भवती महिलाहरुमा फ्याट्टि एसिडको मात्रा बढी रहेको थियो उनीहरुमा निर्धारित समय भन्दा अगाडी बच्चा जन्माउने खतरा भने कम रहेको थियो । जसको कारण महिलाहरु रहेको फ्याट्टि एसिडको मात्राले उनीहरुको बच्चा जन्माउने समयमा अन्तर ल्याउने गरेको देखियो ।

निर्धारित समय भन्दा अगाडी बच्चा जन्मिएमा उनीहरुको मृत्युको सम्भावना बढी हुने गर्छ । यदी यसरी जन्मिएका बच्चा बाँचेको खण्डमा पनि उनीहरु कोही शारीरिक रुपमा बिकलांग पनि हुने गर्छन् । यो दरलाई कम गर्नका लागि पनि यो अनुसन्धान भएको थियो ।

जर्नल एबियोमेडिसिनमा प्रकाशित शोध अनुसार डेनमार्कमा ९६ हजार बच्चाहरुको परिक्षण गरेर तयार पारिएको थियो । यो परिक्षणमा ३ सय ७६ महिलाको रगतको नमूना पनि संकलन गरिएको थियो । सन् १९९६ देखि २००३ सम्म चलेको यो अनुसन्धानमा महिलाहरुको रगत परिक्षण गरेर र उनीहरुले जन्माएको बच्चाको समयलाई हेरेर तयार पारिएको थियो ।

Logo