जिमेलमा सेड्युल मेल आउने

जिमेलमा सेड्युल मेल आउने

केन्द्रबिन्दु
0
Shares

गुगलले आफ्नो ईमेल सेवालाई अझ परिस्कृत गर्न ईमेललाई पनि सेड्युल बनाएर पठाउन मिल्ने सुविधा ल्याउन लागेको छ ।

जिमेलमा आउने यो सुविधा यसका प्रयोगकर्ताहरुलाई निकै नै सजिलो हुने देखिएको छ । तर गुगलले यो सेवा अहिले एण्ड्रोइडका प्रयोगकर्ताहरुलाई पहिलो चरणमा प्रयोग गर्न दिने बताएको छ । जिमेलका केही प्रयोगकर्ताहरुले अन्य उपायहरु वाट ईमेललाई सेड्युलमा पठाउने गरेको अवस्था आएपछि जिमेलले यो सेवालाई डिफल्ट बनाएर सुविधाकै रुपमा राख्न लागेको हो ।

जिमेलले यो सेवाको लागि सेड्युल सेण्ड लेखेर राखेको छ । प्रयोगकर्ताले यसलाई ट्याप गरेर ईमेललाई कुन समयमा पठाउन चाहेको हो सोही अनुसार मिति र समय मिलाएर पठाउन सक्ने छन् ।

Logo