इस्लामावाद

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । "/>

फेरी निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्धारा आन्दोलनको घोषणा

फेरी निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्धारा आन्दोलनको घोषणा

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् । पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलन प्रति आफ्नो समर्थन रहेको जानकारी दिए । प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनः आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ३९ सीट जितेको बताइएको छ । बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । सन् २००७ को डिसेम्बरमा बेनिजिर भुट्टोको हत्या भएको थियो । यद्यपी पीपीपीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन । मतगणनाको परिणाम अनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न भने सकेन ।

पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो । प्राप्त विवरण अनुसार प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । यसैबीच विरोध प्रर्दशन सुरु भएको छ ।
रासस/एएफपी

Logo