विद्यार्थी चढेको बस दुर्घटना, ३२ को मृत्यु

विद्यार्थी चढेको बस दुर्घटना, ३२ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको महाबलेश्वर नजिकै अम्बेनाल घाट भन्ने ठाउँमा बस पल्टिदा ३२ जनाको मृत्यु भएको छ । आज विहान पिकनिक मनाउनको लागि घरबाट ४० विद्यार्थीहरु निस्किएका थिए ।

उक्त बस पिकनिक मनाउन जाने क्रममा बस दुर्घटना परेको छ । कलेजका विद्यार्थी लिएर पिकनिकका लागि गएको बस दुर्घटनामा परेको हो । बस सडकबाट ५०० मिटर तल खसेको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् । घटनास्थल म्ुम्बई सहरबाट १०० किमि टाढा रहेको बताइएको छ ।

बाला साहब कृषि विद्यापीठका ४० विद्यार्थीहरु सवार रहेको बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । घटनाको खबर थाहा पाउनासाथ पुलिस र एन्डिआर्एफको टोली घटनास्थमा पुगिसकेको छ ।

Logo