काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो दुर्त गतिमा फैलिएपछि क्यालिफोर्निया सरकारले दुई वटा जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ । "/>

अमेरिकामा भिषण डढेलो पछि आपतकालीन अवस्थाको घोषणा

अमेरिकामा भिषण डढेलो पछि आपतकालीन अवस्थाको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो दुर्त गतिमा फैलिएपछि क्यालिफोर्निया सरकारले दुई वटा जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ । दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलो बढेकाले गभर्नर जेरी ब्राउनले आपतकाल घोषणा गरेका हुन् ।

आगो बस्तीमा प्रवेश गरिसकेकाले कैयौँ घर तथा संरचना ध्वस्त बनाएको छ । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सर्न आग्रह गरेका छन् । आगोले अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले फैलिने क्रम रहेको सूचनामा जनाइएको छ ।

आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ । आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ । त्यहाँबाट दुर्इ हजार घरका करिब तीन हजार स्थानीय बासिन्दालाई घर छोड्न आग्रह गरिएको छ ।
एजेन्सी

Logo