मिडियाले मेरो सानो सानो गल्ती खोजिरहेको छ – ट्रम्प

मिडियाले मेरो सानो सानो गल्ती खोजिरहेको छ – ट्रम्प

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकी मिडियाहरु आफ्नो सानो सानो गल्ती समात्नका लागि आतुर रहेको बताएका छन । ह्वाइट हाउसले राष्ट्रपति कार्यक्रममा एक सिएनएनकी महिला रिपोर्टरलाई कार्यक्रममा जानको लागि रोकी दिएको थियो ।

यस विषयलाई लिएर मिडियाहरुमा ट्रम्पको चर्काे आलोचना भएको छ । ट्रम्पले विहिबार आयोवामा आफ्ना समर्थकहरुसँग भने ‘यो क्यामेरालाई हेर्नुहोस् त, म जहाँ जान्छु यिनीहरु त्यही तैनाथ हुने गर्छन् । यस्तो काम न त पहिले राष्टपति बाराक ओबामाको पालोमा भएको थियो न त जर्ज डब्ल्यु बुसको समयमा भएको थियो । यिनीहरु प्रत्येक समय मेरै फलो गरिराखेका हुन्छन् । मेरा शब्दहरुलाई ब्याख्या गरिराखेका हुन्छन् ।’

रिपोर्टरलाई रोकेको कारण ह्वाइट हाउस कारसपान्डेट एसोसिएसनले चर्काे आलोचना गरेको छ । रिपोर्टरले ट्रम्पसँग झर्केर प्रश्न सोधेको कारण रोकिएको भन्ने खबर पनि आएको छ । ट्रम्पले आफ्ना समर्थकहरुसँग आफ्नो राम्रा कामको प्रचार गर्न आग्रह गरेका छन् । म बाहिर जहिल्यै बितेको ६ महिनामा देशमा स्टिलका साथ के भएको भन्ने कुरा निकालिरहेको हुन्छु । हामी अमेरीकन स्टिल र आल्मुनियमबाट मजदुरलाई सहयोग गरिराखेका हुन्छौँ ।

हाम्रो सरकारले डेढ वर्षसम्म राम्रा र ठूला काम नगरे पनि बितेका ५ महिना यता राम्रा काम गर्दै आएका छौँ । ट्रम्प र मिडियाबिचको दुरी गएको वर्ष जनवरिमा राष्टपतिको शपथ लिएपछि सुरु भएको थियो । उनले मीडियालाई फेक न्युज फैलाएको आरोप लगाएका थिए । ट्रम्प जनतामा आप्mना कुरा राख्नको लागि सोसल मिडिया ट्वीटरलाई राम्रो मान्ने गर्छन् ।

Logo