ब्रोडब्याण्ड इन्टरनेट दिने फेसबुकको अर्को तयारी

ब्रोडब्याण्ड इन्टरनेट दिने फेसबुकको अर्को तयारी

केन्द्रबिन्दु
0
Shares

विश्वकै सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक संजालको रुपमा रहेको फेसबुकले इन्टरनेटको पहुँच नभएको क्षेत्रमा तिब्र गतिको ईन्टरनेट सेवा दिने अर्को महत्वकांक्षी अभियान थाल्ने भएको छ ।

फेसबुकको बढ्दो लोकप्रियता र इन्टरनेटको पहुँच नभएको क्षेत्र धेरै नै रहेको कारण फेसबुकले सोचे अनुसारको उपलब्धि हासिल गर्न सकेको छैन । त्यसैले फेसबुकले ईन्टरनेटको पहुँच नभएका क्षेत्रमा ईन्टरनेट सेवालाई बिस्तार गर्दा प्रयोगकर्ताको संख्या बढ्ने आशा राखेको छ । जसको कारण फेसेबुकले सन् २०१९ मा अन्तरिक्षमा एथेना नामक सेटेलाईटको स्थापना गर्ने जनाएको छ ।

गत शुक्रवार फेसबुकले प्वाईन्टभ्यू टेकको नाममा अमेरिकी फेडरल कम्युनिकेसन कमिसनमा उक्त कार्यको लागि निवदेन दिएको छ । यो सेटेलाईटले बिश्वमा ईन्टरनेट सेवा नभएको क्षेत्रमा ईन्टरनेट सेवा दिने जनाईएको छ ।

पृथ्वीको तल्लो भागमा रहने उक्त सेटेलाईटले पृथ्वीको धेरै स्थानमा ईन्टरनेट सेवा दिने जनाएको छ । यस्तो किसिमको सेवा दिने फेसबुक पहिलो कम्पनी पनि हुने देखिएको छ । यसरी सेटेलाईट मार्फत् ईन्टरनेट सेवा दिनका लागि स्पेश एक्स, वान वेव कम्पनी पनि लागि रहेका छन् ।

फेसबुकले ईन्टरनेटको पहुँच नभएको क्षेत्रमा सेटेलाईट मार्फत् ईन्टरनेट सेवा दिने योजना सन् २०१४ मै ल्याएको थियो । त्यो बेला फेसबुकले एक्वीला सेटेलाईट मार्फत् ईन्टरनेट दिने योजना बनाएको थियो । यो योजना सफल नभएपछि फेसबुकले सन् २०१७ मा टेटर टिना नामक परियोजना ल्याएको थियो । यो परियोजनाले पनि सेटेलाईट मार्फत् नै ईन्टरनेट सेवा दिने रहेको थियो । यो कार्य पनि सफल हुन नसकेकपछि फेसबुकले अहिले एथेना नामक परियोजनालाई अघि सारेको हो ।

Logo