सुन्दरीलाई मृत्युदण्डको फैसला

सुन्दरीलाई मृत्युदण्डको फैसला

केन्द्रबिन्दु
0
Shares

केन्याको अदालतले २४ बर्षिया जेल सुन्दरीलाई आफ्नो प्रेमीको हत्या गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।

रुथ कामाण्डेले प्रेमी फरिद मोहम्मदलाई २५ पटक चक्कु प्रहार गरेको अभियोगमा सन् २०१५ देखि जेलमा परेकी थिईन् । जेल भित्र आयोजना भएको सौन्दर्य प्रतियोगितामा उपाधि समेत जितेकी रुथको मृत्युदण्डको फैसला प्रति मानवअधिकारवादीहरुले बिरोध गरेका छन् ।

सर्वोच्च अदालतले आफ्नो फैसलामा कुनै पनि बयस्क पुरुष र महिलाले प्रेममा आक्रोस आएर आफ्नो प्रेमी वा प्रेमिकाको हत्या गर्नु निन्दनिय भएको कारण यसमा कसैलाई पनि छुट दिनु हुदैंन भनेको छ । अझ रुथले गरेको हत्याको बेला देखिएको घटनास्थललाई हेर्ने हो भने उनी कुनै पनि पक्षवाट क्षमाको भागिदार हुन नसक्ने बताइएको छ ।

सर्वोच्च अदालतको फैसला आउने बित्तिकै एमनेष्टि इन्टरनेसनलले मृत्युदण्डको फैसला सरकारवाट हुनु निन्दनिय भएको कारण फिर्ता लिनु पर्ने आवाज उठाएको छ ।

Logo