ट्विटर, फेसबुक, माईक्रोसफ्ट र गुगलले डाटा सेयर गर्ने

ट्विटर, फेसबुक, माईक्रोसफ्ट र गुगलले डाटा सेयर गर्ने

केन्द्रबिन्दु
0
Shares

फेसबुकमा रहेको कुनै पनि डाटालाई अर्को सोसल मिडियाको प्लेटफर्ममा लैजान झन्झटिलो रहेको छ । एउटा प्लेटफर्ममा पोष्ट गरेको कुनै पनि सामग्रीलाई अर्को प्लेटफर्ममा लैजान लगईन गरेर पेष्ट गर्नु पर्ने झन्झटिलो प्रकृया रहेको छ । यही समस्यालाई बुझेर निकट भविष्यमा फेसबुक, माईक्रोसफ्ट, गुगल र ट्विटरले यस्ता डाटाहरुलाई सजिलै एकअर्कामा साझेदारी गर्न मिल्ने ब्यवस्था मिलाउने भएका छन् ।

पछिल्लो पटक सोसल मिडियाहरु अलग अलग एप्समा आउने हुनाले पनि एउटा सोसल मिडियाको डाटालाई अर्कोमा लैजान झन्झटिलो हुदै आएको थियो । यस्तो अवस्थामा गुगल, फेसबुक, माइक्रोसफ्ट र ट्विटरले मिलेर डाटा ट्रान्सफर प्रोजेक्ट (डिटिपी) शुरु गरेका हुन् । यो प्रोजेक्ट टेक्नोलोजीको क्षेत्रमा आफुलाई बलियो बनाउनेहरुमा मात्र सिमित नहुने पनि भएको छ । डिटिपीको अफिसियल वेवसाईटको अनुसार डिटिपी ओपन सोर्स कोडको रुपमा निर्माण हुने हुनाले यसलाई जोसंग पनि जोड्न सकिने भएको छ । यसको लागि प्रयोगकर्ताको स्विकृति मात्र चाहिने बताईएको छ ।

यो पद्धति अनुसार कुनै पनि अनलाई सर्भिस प्रोभाइडरसंग ओपन कोड रहेको छ भने उसले सजिलै आफुसंग रहेको डाटालाई अरु प्लेटफर्ममा पनि सेयर गर्न सक्नेछ । यो सिस्टमलाई अहिले फेसबुक, माईक्रोसफ्ट, ट्विटर र गुगलले आफुहरु आबद्ध हुने सहमति जनाइसकेका छन् । यो सहमति चाँडै नै प्रयोगकर्ताहरुले प्रयोग गर्न भने पाउने छन् । तर कहिले देखि पाउने हो भन्ने कुरामा अहिले सार्वजनिक गरेका छैनन् ।

Logo