मिसौरी

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । "/>

डुङ्गा दुर्घटनामा ११ को मृत्यु, पाँच बेपत्ता

डुङ्गा दुर्घटनामा ११ को मृत्यु, पाँच बेपत्ता

केन्द्रबिन्दु
0
Shares

मिसौरी

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ । सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

स्थानीय समय अनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । ती मध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।
एजेन्सी

Logo