साङ्सी
विश्व विचित्रको छ । विश्वमा भएका समाजहरु झन विचित्रका । यस्तै अनौठो समाज मध्ये चीनमा परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशुभ मानिन्छ । "/>

भुतसँग विवाह गर्ने एउटा अनौठो परम्परा !

भुतसँग विवाह गर्ने एउटा अनौठो परम्परा !

केन्द्रबिन्दु
0
Shares

साङ्सी
विश्व विचित्रको छ । विश्वमा भएका समाजहरु झन विचित्रका । यस्तै अनौठो समाज मध्ये चीनमा परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशुभ मानिन्छ । त्यस्तो मरणलाई श्राप ठानिन्छ र मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि नगरिने भएको हुनाले चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।

सरकारले गैरसरकारी परम्परा घोषित गरेको भएतापनि चिनियाँहरुले यस परम्परालाई लुकिछिपि गर्ने गरेको पाइएको छ । भूत विवाह गर्दा मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ । जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिने गरिन्छ ।

मृतक पुरुषसँग विवाह गराउनका लागि महिलाको चिहानबाट लास निकाल्ने वा महिलाको मृत्यु गरेको केहि घटना बाहिर आएपछि सरकारले यसलाई गैरसरकारी घोषणा गरेको हो । सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो ।

अन्य ठाउँमा पनि परम्पराको नाममा धेरै यस्ता रुढीवादी मनाउदै आएतापनि सुन्दै अनौठो लाग्दो घोस्ट म्यारिज अर्थात भुत विवाह चीनको ग्रामीण भागमा विगत ३ वर्ष देखि चल्दै आएको छ । यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गर्नु नै हो । त्यसैले अहिले यहाँ अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको पाइन्छ ।
एजेन्सी

Logo