आईफोनको सबै नयाँ मोडलमा फेस आईडी फिचर

आईफोनको सबै नयाँ मोडलमा फेस आईडी फिचर

केन्द्रबिन्दु
0
Shares

एप्पलले पछिल्लो पटक बजारमा सार्वजनिक गरेको आईफोन एक्सको फेस आईडी फिचरलाई यसका प्रयोगकर्ताहरुले निकै नै रुचाए । जसको कारण एप्पलले यो बर्ष निकाल्ने आफ्ना सबै किसिमको आईफोनको मोडलमा फेस आईडी फिचरलाई समावेश गर्ने जनाएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने आफ्नो नयाँ मोडलहरुमा फेस आईडी फिचरहरुलाई समावेश गर्ने समाचार अन्तराष्ट्रिय संचारमाध्यमहरुले एप्पलको श्रोतलाई उदृत गर्दै जनाएको छ ।

एप्पलले यो बर्ष सम्भवत तिन फरक किसिमका मोडलका स्मार्टफोनहरुलाई सार्वजनिक गर्ने जनाइएको छ । यि सेटहरुको मुल्य आईफोन एक्सको तुलनामा कम हुने जनाईएको छ । एप्पलले आफ्नो प्रिमियम मोडल आईफोन एक्समा मात्र यो सुविधा राखेको थियो । आईफोनको फेसआईडी फिचर अन्य मोवाइलको तुलनामा फरक रहेकै कारण यो फिचरलाई धेरैले मन पराएका थिए । एप्पलले आईफोन एक्समा भर्टिकल क्याबिटी सर्फेस इमिटिङ लेजरले प्रयोगकर्ताको अनुहार चिन्नको लागि लेजर पद्धतिवाट प्रयोगकर्ताको थ्रिडी इमेज बनाउने काम गर्छ । यो थ्रिडी इमेजले गर्दा नै एप्पलले आफ्नो प्रयोगकर्तालाई चिन्ने गर्छ र पहिचानलाई सुनिश्चित गर्छ । यसपछि अर्को प्रयोगकर्ता मार्फत् उक्त फोन खोल्न सकिदैन ।

अहिले एप्पल यो फेस आईडीलाई फाइनान्सियल सुविधा दिन सक्ने एपसंग जोडिने प्रयासमा पनि रहेको छ । यसले सफलता पाएमा प्रयोगकर्ताले आफ्नो फेस आईडीको पहिचान गरेर अर्थिक कारोवार पनि गर्न सकोस् भन्ने रहेको छ । जसको कारण एप्पल स्वयं पनि भविष्यमा यो प्रविधि लोकप्रिय हुने देखेर यसमा लगानी गर्न इच्छुक रहेको छ ।

Logo