ब्रिटेनमा ट्रम्पबिरुद्ध प्रदर्शन

ब्रिटेनमा ट्रम्पबिरुद्ध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प आज ब्रिटेनको यात्रामा निस्किएका छन् । केहि ठाउँमा उनी बिरुद्ध विरोध प्रदर्शन पनि भइराखेको छ ।

ट्रम्पले बेलायत भ्रमणमा रहेका ट्रम्पले आज बेलायती महारानी एलिजावेथ द्वितीय र प्रधानमन्त्री टेरीजा मे सँग भेटघाट गरेका छन् । स्थानिय जनताहरु अहिले उनको आप्रवासि नीतिको निर्णयलाई लिएर विरोधमा उत्रिएका छन् ।

आक्सफर्डसरको ब्लेनहाम बाहिर अहिले हजारौ प्रदर्शनकारीहरु उनको बिरोधमा उत्रिएका छन् । सेन्टर लण्डनको आधिकारीक समारोहमा पनि केहि मानिसहरुले उनको बिरोध गरेका छन् । राष्टपति ट्रम्प आफ्नी पत्निका साथ ब्रिटेन गएका हुन् ।

बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ । 

“ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट्रम्प विरोधी उत्सव हो,” “मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन् ।” जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए । 

“प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन ।” जस्ता नाराहरू लगाइएका थिए । 
केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए । 

एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा “ट्रम्प विरोधी एकता” गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् । प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको बे्रक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् । एजेन्सी

Logo