पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भनेका छन् । 

एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्का ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उनलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।” 

“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनले भने, “होइन । मैले उनलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” 

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उनले रुसको प्रतिनिधित्व , मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उनी मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।” 

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।रासस/एएफपी

Logo