काठमाडौं

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । "/>

गंगामायाको मुद्दा द्वन्द्वकालीन घटनासँग जोड्न मिल्दैनः डा कोइराला

गंगामायाको मुद्दा द्वन्द्वकालीन घटनासँग जोड्न मिल्दैनः डा कोइराला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । वीर अस्पतालमा पुगी आमरण अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भने, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।”

अनशनको ३५ दिनमा गंगामायाको स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ । वि.सं. ०६१ जेठ २४ गते जेठा छोरा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानी सहित उनीहरु विरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएकी छिन् ।

छोराको हत्यापछि लामो समय सम्म हत्या आरोपीलाई कारवाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेकामा गंगामायाका श्रीमान नन्दप्रसादको ३३४ औँ दिनमा ०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदा सम्म श्रीमानको अन्तिम संस्कार नगर्ने भनिएपछि नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।
रासस

Logo